वर्षभरी नै चर्चाको शिखरमा क्रिप्टोकरेन्सी, नयाँ के के आए ? « Eglish Khabarhub

वर्षभरी नै चर्चाको शिखरमा क्रिप्टोकरेन्सी, नयाँ के के आए ?


१६ पुस २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । क्रिप्टो, क्रिप्टो, क्रिप्टो ।

हरेक मानिस यसैका बारेमा कुराकानी गरिरहेका छन् । सन् २०२१ भरी नै क्रिप्टो करेन्सीका बारेमा कुराकानी नै भइरह््यो । चर्चाको शिखरमा नै रहिरह्यो ।

हरेक मानिसले यसबारेका बारेमा नै कुराकानी गरिरहे । पछिल्ला दिनमा यो सबैभन्दा बढी लोकप्रिय बनी नै रह्यो । भारतका कूल जनसंख्यामध्ये ७.३ प्रतिशत मानिसले क्रिप्टोमा लगानी गरेका छन् ।

तर, अधिकांश मानिस भने डिजिटल करेन्सीको प्रभावकारिताको बारेमा हालसम्म पनि आशंका व्यक्त गरिरहेका छन् ।

अर्थात्, सन् २०२१ मा सबैभन्दा बढी चर्चा पाएको कुनै विषय छ भने त्यो हो क्रिप्टो । अधिकांश क्रिप्टो करेन्सी ब्ल्याकचेन प्रविधिमा सञ्चालित हुन्छन् ।

ह्याकरहरुलाई पनि यसको प्रणालीमा छिर्न हरेक ब्ल्याकको उलटपुलट गर्नुपर्ने हुन्छ । अर्को अर्थमा भन्दा ह्याकरहरुको कुनै पनि अस्त्रले काम गर्दैन ।

त्यो असम्भव काम हुन जान्छ । ब्ल्याक चेन तीन मुख्य प्रकारमा रहेर क्रिप्टोकरेन्सी जोडिएको हुन्छ । पहिलो ब्ल्याकचेन बिटक्वाइनको थियो । त्यसपछि आल्कक्वाइन र टोकन्स पनि आयो ।

हालसम्म पनि बिटक्वाइनको खोजकर्ताको विषयलाई रहस्यको गर्भमै छ । खास नामका रुपमा सातोशी नाकामोतोलाई लिइन्छ ।

जबकी केही मानिसहरु भन्छन् ‘खास यो नाम कसैको छद्यमा नाम हो ।’ केही मानिस मान्छन् कि उनीहरुको एक समूह छ । जसले बिटक्वाइनको खोजी गरे ।

बिटक्वाइन जनवरी, २००९ मा एक डिजिटल करेन्सीको रुपमा सार्वजनिक भयो । यो एक व्यक्तिबाट दोस्रो व्यक्तिमा जोडिन पुग्यो । जहाँ एक अर्कामा कारोबार समेत हुन थाल्यो ।

ब्ल्याकचेन प्रविधिमा पहिलो पटक बिटक्वाइनको कारोबार शुरु भयो । लेनदेन हुन थाल्यो । जसमा प्रयोगकर्ता तथा तेस्रो पक्ष जो कोहीले पनि पैसाको लेनदेन गर्न सहयोग मिल्यो । त्यसमा आफनो पहिचानको खुलासा गर्नुको कुनै आवश्यकता नै हुन छाड्यो ।

हाल भने १००० बढी आल्टक्वाइनको सर्कुलेशन भइरहेको छ । यसको सबैभन्दा राम्रो उदाहरण एथेरिएम र कार्डानो हो । जबकी बिटक्वाइन भने सबैको जान पहिचान भएको क्रिप्टो करेन्सी हो ।

एथेरिएम र कार्डानो पछिल्लो केही समयदेखि भने सर्वाधिक मात्रामा ध्यान आकर्षित गरिरहेको छ । उक्त प्लटेफर्ममा विकासकर्ताले ब्ल्याकचेन प्रूविधिको उपयोग गरेर एप बनाउन सहयोग गर्ने गरी डिजाइन गरिएको छ ।

दोस्रो रुपमा भने हाल क्रिप्टोकरेन्सीको विपरीत क्रिप्टो टोकन्स एसेटमा आधारित छ । क्रिप्टो टोकन्स क्राउड फण्डिङमार्फत् धन जुटाउनका लागि महत्वपूर्ण रहेको छ ।

टोकनको प्रयोग गरेर धन सम्पत्ति सुरक्षित गर्न, लगानी गर्न वा कुनै पनि माल वस्तुको खरिदमा प्रयोग गरिन्छ । कुनै पनि ब्ल्याकचेनमा उपलब्ध भएका सेवा पाउन पनि यसको प्रयोग गरिन्छ ।

त्यसैलाई सेक्युरिटी टोकन्सका रुपमा लगानीकर्तालाई आफ्नो स्वामित्व समेत प्रदान गर्दछ । हरेक टोकन एक विशिष्ठ सम्पत्तिको रुपमा प्रतिनिधित्व गर्दछ । जस्तो डिजिटल इमेज, भिडियो वा अडियोको रुपमा पनि यसले काम गर्छ ।

यस्तै, पछिल्ला दिनमा डिजिटल गोल्ड, इन्टरनेट मनी पनि प्रयोगमा छ । रिपल त्यसको उदाहरण हो । स्टेबल क्वाइनलाई सरकारी मुद्राको रुमपा पनि समर्थन प्राप्त भएको छ । टीथर जस्तै यसको मूल्य पनि डलरमा नै प्राप्त हुन जान्छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार ००:००  ३ : ३७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping