काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ (दोहोरो लगानी) लगानी भएका लघुवित्त वित्तीय संस्थालाई बाध्यकारी रुपमा मर्जरमा लैजाने भएको छ ।
त्यसको लागि राष्ट्रि बैंकले २०७९ असार मसान्सम्म कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई एकीकृत निर्देशन २०७७ मा भएको व्यवस्थालाई संशोधन गर्दैै फोर्स मर्जरमा लैजान लागेको हो ।
राष्ट्र बैंकले इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका संस्थाहरुबीच एक आपसमा वा इजाजतपत्र प्राप्त एक भन्दा बढी ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी सयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न÷गाभिन वा प्राप्तिमा जान असार मसान्तसम्म राष्ट्र बैंक समक्ष कार्ययोजना पेश गर्नुपर्नेछ।’
SHARE YOUR THOUGHTS