![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लािग ५ जना छनोट भएका छन् । आवेदन दिएका ११ जनामध्ये समितिले सिफारिस गरेको हो ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालीन सीइओ चन्द्र साउँदले राजीनामा दिएपछि सीइअो पद खाली थियो ।
सीइओ छनोट तथा सिफारिस समितिले कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीलाई सिफारिस गरेको हो । अब यीनै ५ जनामध्ये एक जना नेप्सेको सीइओ हुनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/01/270369337_3031478807168676_306500771422013767_n-630x768.jpg)
SHARE YOUR THOUGHTS