![](https://internal.appharu.com/wp-content/uploads/2021/04/lockdown-24.jpg)
काठमाडौं । काठमाडौं उपत्यकामा भोलि शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोर-बिजोर प्रणाली लागू हुने भएको छ ।
उपत्यकाका तीन जिल्लाका सीडीओहरुको बैठकले यस्तो निर्णय गरेको हो । साथै, चालक र सहचालकले अनिवार्यरुपमा मास्क र फेससिल्ड लगाउनुपर्नेछ ।
साथै, सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केटलगायतका स्थीनमा एक पटकमा बढीमा २० जनाभन्दा बढी जम्मा हुन निषेध गरिएको छ ।
त्यसैगरी, सबै प्रकारका आमसभा, जुलुस, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लव, हेल्थ क्लव, जिमखाना, रंगशाला, संग्राहलय, पुस्तकालय, चिडियाखाना, कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, पटके, हाटबजारमा मानिस भिडभाड हुने काम नगराउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भनेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/01/EED62E7A-9A58-4BD4-AC7A-7A9A004BD3A9-504x768.jpeg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/01/42FB35E4-C177-4AFF-B0E9-67AC55CA4227-510x768.jpeg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/01/8B16FBA5-60B9-41E3-8299-E4A8384BE798-500x768.jpeg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/01/9EFD0799-DC44-4C9B-A836-6B84E9AA1381-499x768.jpeg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/01/3A1D9993-87D0-4076-809B-405FAD9DFC15-505x768.jpeg)
SHARE YOUR THOUGHTS