![](https://internal.appharu.com/wp-content/uploads/2022/01/Sanitary-Pad-Vending-Machine-2-768x576.jpg)
काठमाडौं । महालक्ष्मी विकास बैंकको शखमुल शाखाले बुद्घनगर–१० मा रहेको बुद्घनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत उक्त सहयोग गरेको जानकारी गराएको छ । बैंकले विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् भनेर उक्त सहयोग गरेको जानकारी गराइएको छ ।
विद्यालय संचालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन प्रदान गर्नुले छात्राहरुमा विद्यालय आउने थप हौसला मिलेको बताए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS