आयल निगमको कार्यकारी निर्देशक बन्न १७ जनाको आवेदन, नामावलीसहित « Eglish Khabarhub

आयल निगमको कार्यकारी निर्देशक बन्न १७ जनाको आवेदन, नामावलीसहित



काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् ।

कार्यकारी निर्देशकको पद खाली भएपछि उद्याग वाणिज्य तथा आपूर्ती मन्त्रालयले माघ १६ गतेसम्म आवेदन दिन भन्दै विज्ञापन प्रकाशित गरेको थियो ।

जसमा १७ जनाले आवेदन दिएका छ्न् । आवेदन दिनेमा जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा. डा. लक्ष्मण पौडेल, लोकबहादुर पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चितरञ्जन दास, रामदेव यादव, डा. श्री चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमार छन् ।

Publish on: