![](https://internal.appharu.com/wp-content/uploads/2022/02/9FEC0A51-4890-42C1-8C37-94E9C72AEE86-768x578.jpeg)
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आइतबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै हमालले आफ्नो प्रयास साना लगानीकर्ता बचाउँदै बजारको विकास गर्नेतर्फ केन्द्रित हुने बताए ।
‘साना लगानीकर्ता नबाँचे पुँजीबजार बिकास हुँदैन, साना लगानीकर्ताको हित हुने गरी काम गर्न पर्यन्त गर्नेछु,’ उनले भने ।
उनले कसैको लगानी पनि जोखिममा नपार्ने गरी काम गर्ने बताए ।
बजारलाई बलियो, स्वस्थ र पारदर्शी बनाउन पर्यत्न गर्दै बजारको विकास नै आफ्नो चाहना रहेको र आफू यसैमा चिन्तित रहेको उनकोभनाइ छ । उनले अध्यक्षका रुपमा आफूले लगानीकर्ताको मनोविज्ञान बुझेर काम गर्ने बताए ।
SHARE YOUR THOUGHTS