![](https://internal.appharu.com/wp-content/uploads/2022/03/IMAGE-on-MoU-with-Soaltee1-768x512.jpeg)
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले सोल्टी होटलमा छुट पाउने भएका छन् ।
पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट पाइनेछ ।
बैंक र सोल्टी इन्टरप्राइजेजबीच समझदारी यसका लागि सम्झौता भएको हो । समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर बिष्टले हस्ताक्षर गरेका छन् ।
SHARE YOUR THOUGHTS