बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सहकार्य « Eglish Khabarhub

बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सहकार्य



काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ ।

सम्झौतामा बैंकले हेफर नेपालसंगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेका व्यक्तिलाई बैंकिङ्ग चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ्ग पहुँचमा ल्याउने उल्लेख छ ।

कार्यक्रम संचालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्र्दभ सामाग्री निमार्ण गरी उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबब्द्घ रहेको जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौतापत्रमा बैंकको तर्फबाट दिलिप पोखरेल र हेफर नेपालको तर्फबाट डा. शुभ नाथ महतोले हस्ताक्षर गरेका छन् ।

बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Publish on: