![](https://internal.appharu.com/wp-content/uploads/2017/03/salman-khan.jpg)
काठमाडौं । बलिउड सुपरस्टार सलमान ‘दबङ टुर’का लागि नेपाल आउने भएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा भर्चुअल रुपमा सम्बोधन गर्दै खानले आगामी जेठ १४ गते कार्यक्रमका लागि नेपाल आउने बताए ।
उक्त कार्यक्रमको आयोजक ओडीसीले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको बताएको छ ।
कार्यक्रममा चार प्रकारको टिकटको व्यवस्था गरिएको छ । जसमा ५ हजार, १० हजार १५ हजार रुपैयाँ र अधिकतम २५ हजार रुपैयाँको टिकट बिक्री गरिनेछ ।
कार्यक्रममा खानसँगै एक दर्जनजति नेपाली कलाकारहरुले पनि प्रस्तुती दिनेछन् ।
SHARE YOUR THOUGHTS