काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चित मुनाफा ११.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले २०७८ साल असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ६ करोड १५ लाख रुपैयाँको ११ प्रतिशत बोनस सेयर कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
SHARE YOUR THOUGHTS