मेन स्टोरी लेफ्ट

भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्न बाटो खुल्यो



काठमाडौं । भन्सार एजेन्टको परीक्षा सञ्चालनका लागि बाटो खुलेको छ । यसअघि उच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको परीक्षा सञ्चालनका लागि बाटो खुलेको हो ।

मंगलबार उच्च अदालतका न्यायाधीशहरु श्रीमण कुमार गौतम र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश जारी गरेसँगै परीक्षा सञ्चालनका लागि बाटो खुलेको हो ।

यसअघि गत फागुन २६ गते परीक्षा सञ्चालन हुने दुई दिन अगाडि उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्म भन्सार एजेण्टको परीक्षा स्थगित गर्न भन्सार विभागलाई आदेश दिएको थियो ।

उच्च अदालतको संयुक्त इजलासले यसअघि जारी अन्तिम आदेश निरन्तर नगरेपछी भन्सार एजेन्ट परीक्षा संचालन गर्ने बाटो खुलेको छ।

भन्सार विभागका एक अधिकारी उच्च अदालतको पत्र प्राप्त भएपछि कानून अनुसार परीक्षा संचालनका लागि मिति तोक्ने जानकारी दिए।