![](https://internal.appharu.com/wp-content/uploads/2022/04/Dadeldhura-CSR-768x578.jpg)
काठमाडौं । महालक्ष्मी विकास बैंकको डडेलधुरा शाखाले अजयमेरु गाउँपालिकामा रहेको सहश्रलिंग उच्च मावि चमडा विद्यालयलाई ह्वाइट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ ।
सोमबार आयोजित कार्यक्रमका बीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठनमा सहजताका लागि ७ थान ह्वाइट बोर्ड तथा पिउने पानीको सहजताका लागि १ हजार लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।
कार्यक्रममा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण पाल, विद्यालयका प्रधानाध्यापक रनबहादुर ऐरलगायतको उपस्थित थियो ।
SHARE YOUR THOUGHTS