![](https://internal.appharu.com/wp-content/uploads/2021/11/MAHA-PRASAD-ADHIKARI.jpg)
काठमाडौं । सरकारले गरेको ज्यादती विरुद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्बोच्च अदालत गएका छन् ।
आफूमाथि सरकारले अनावश्यक लाञ्छना लगाई छानविन गर्न भन्दै निलम्बन गरेकाले आफू अन्यायमा परेको भन्दै गभर्नर अधिकारी आइतबार सर्बोच्च अदालत पुगेका हुन् ।
गभर्नर अधिकारीले आफूलाई गरेको निलम्बनको निर्णय खारेजीको माग गरेका छन् ।
गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो । सरकारले ३ सदस्यीय छानविन कमिटिसमेत गठन गरिसकेको छ ।
‘गभर्नरका तर्फबाट उहाँका वकिलहरु रिट निवेदन लिएर अदालत आइपुग्नु भएको छ,’ सर्बोच्च अदालतका प्रवक्ता बिमल पौडेलले क्लिकमाण्डूसँग भने, ‘दर्ता गर्ने कि नगर्ने भनेर हामी छलफलमै छौं ।’
अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन्।
SHARE YOUR THOUGHTS