![](https://internal.appharu.com/wp-content/uploads/2021/11/MAHA-PRASAD-ADHIKARI.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई आज हुँदैछ ।
पेशी न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा पुगेको छ ।
आजको सुनुवाईमा यसअघिको अन्तरकालिन अन्तरिम आदेश निरन्तर हुने वा नहुने टुंगो लाग्नेछ ।
सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरी जाँचबुझ समिति गठन गरेपछि त्यसको विरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
गभर्नर अधिकारीको उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालले यसअघि काम गर्न दिन भन्दै अन्तरकालिन अन्तरिम आदेश जारी गरिसकेका छन् । जसका कारण गभर्नर अधिकारीले कार्यभार सम्हालिरहेका छन् ।
गत चैत २४ गते मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीमा कार्यक्षमताको अभाव भएको भन्दै जाँचबुझ गर्ने निर्णय गरेपछि उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै गर्भनरको रुपमा काम गर्न नरोक्ने माग अन्तरिक आदेश जारी गर्न माग गर्दै गर्दै अधिकारीले सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
मन्त्रिपरिषदको बैठकले गर्भनर अधिकारीमाथी छानबिन गर्ने निर्णय गरेपछि राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ४ अनुसार अधिकारी निलम्बनमा परेका थिए ।
SHARE YOUR THOUGHTS