
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।
बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको उम्मेदवारहरुको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । उनले जो–जो व्यक्ति भएको भएपनि रुख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भएपनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताए । उनले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफुहरु लागिरहेको पनि बताए ।
शर्माको भनाइ जस्ताको त्यस्तै
नेपाली कांग्रेस पार्टीलाई पुरातनबाट आधुनिक बनाउन जाँदै गर्दाखेरी कांग्रेसले क्रियाशील सदस्यको व्यवस्थापनको विधिलाई, भातृ संस्थाहरुको व्यवस्थापन गर्नुपर्ने र उम्मेदवार चयनको प्रक्रियाको सन्दर्भमा एउटा नविन शैलीलाई निरुपण गर्नुपर्ने, नविन शैलीलाई अख्तियार गर्नुपर्ने अवस्था छ । हामी केही अप्ठ्यारोहरुपनि बेहोरीरहेका छौँ । त्यसकारण देशभरी जो उम्मेदवार बन्नुभएको छ, तपाईले चाहे बमोजिम बन्नुभएको छ त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार, कतिपय साथीभाईहरुलाई फलानो नबनोस् भन्ने लागिरहेको अवस्थाको कुनै तहमा छ त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार । मापदण्ड पु¥याएर उम्मेदवार चयन भएको छ त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार । कतिपय ठाउँमा प्रक्रिया मिलेन भन्ने भइरहेको छ भने उहाँपनि नेपाली कांग्रेसको उम्मेदवार । त्यसैले म अपिल र आग्रह गर्न चाहान्छु देशभरीका साथीहरुलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो बेलामा अब मुख हेर्ने होइन रुख हेर्ने हो र नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउनका लागि एकढिक्का भएर लाग्ने भन्ने म अपिल र आग्रह गर्न चाहान्छु ।
युवकलाई विदेशमा बेचेर होइन । युवकहरुको देशलाई नेपाल देशमा भएको बिजुलीलाई भारतमा बेचेर हामी मान्छे बेचेर धनी बनाउने भन्ने यो देशको सपनालाई बदलेर हामी बिजुली बेचेर यो देशलाई धनी बनाउन चाहान्छौँ भन्ने सपनातर्फ नेपाली कांग्रेसले यो देशलाई लादैछ । त्यो लानु भनेको प्याट्ट गर्दाखेरी ग्याँस आउँछ भनेर भन्ने कमरेड केपी ओलीलाई सोध्यो भने ग्याँसको भण्डार कहाँ–कहाँ छ उहाँ भन्न सक्नुहुन्न । तर, हामी भन्छौँ एमसीसी परियोजना सफल भएर अगाडी बढ्दै गर्दाको दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पाक्न सक्ने अवस्था बनाउँछौँ । बिजुली कहाँ छ भन्नुहुन्छ भने नेपालको नदीनालामा गएर हेर्नुहोस् । हामीसँग प्रशस्त बिजुली बनाउन सक्ने खोलाहरु छन् । काठमाडौँको सडकमा डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरु होइन । डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरुलाई प्रतिस्थापन गरेर बिजुलीबाट कुद्ने गाडी बनाउन सकिन्छ
SHARE YOUR THOUGHTS