रिभर फल्स पावरको आइपीओ बाँडफाँट सम्पन्न « Eglish Khabarhub

रिभर फल्स पावरको आइपीओ बाँडफाँट सम्पन्न



काठमाडौं । रिभर फल्स पावरले आयोजना प्रभावित स्थानीयहरुमा जारी गरेको आइपीओ बाँडफाँट गरेको छ ।

संखुवासभाका स्थानीयबासीका लागि निष्कासन गरिएको आइपीओमा ७ हजार ६ सय ३ वटाले १३ लाख ८१ हजार ९ सय कित्ताका लागि जम्मा आवेदन दिएका थिए ।

तर निवेदन पूरा नभएको १८ वटा आवेदनका ४ सय ४० कित्ता सेयरलाई रद्द गरेपछि बाँकी रहेको ७ हजार ५ सय ८५ जना आवेदकहरुबाट प्राप्त १३ लाख ८१ हजार ४ सय ६० कित्ता बाँडफाँट गरिएको थियो ।

जसमा १० कित्ता माग गर्ने २२७ जना, २० कित्ता माग गर्ने २७८ जना, ३० कित्ता माग गर्ने १५७ जना, ४० कित्ता माग गर्ने १२७ जना, ५० कित्ता माग गर्ने १ हजार ६ सय ९४ जनालाई बाँडफाँट गरिएको छ ।

साथै, ६० कित्ता माग गर्ने ७८ जना, ७० कित्ता माग गर्ने ६९ जना, ८० कित्ता माग गर्ने ४५ जना, ९० कित्ता माग गर्ने ३१ जनालाई आइपीओ बाँडफाँट गरिएको छ । त्यसैगरी, १०० कित्ता माग गर्ने २४९२ जना, ११० कित्ता माग गर्ने २० जना, १२० कित्ता माग गर्ने २५ जना, १३० कित्ता माग गर्ने १२ जना माग बमोजिम १३० कित्ता तथा १३० कित्ता भन्दा बढी माग गर्ने २ हजार ३ सय ३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँट गरिएको छ ।

यसैगरी १३० कित्ता भन्दा बढि कित्ता आवेदन दिने २ हजार ३ सय ३० जना आवेदकमध्ये चिठ्ठा प्रणालीबाट २ हजार २ सय ९२ जनालाई १० कित्ता थप गरेर १४० कित्ता शेयर बाँडफाँट गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक आइपीओ निष्कासन गरेको थियो ।

Publish on: