![](https://internal.appharu.com/wp-content/uploads/2021/04/airport-1150.jpg)
काठमाडौं । बुधबार विहान साढे ९ बजेदेखि बन्द भएको विमानस्थलको सञ्चालनमा आएको छ ।
बुधबार विहान एक अज्ञात व्यक्तिले फोन गरी आन्तरिक टर्मिनलमा ५/७ वटा बम राखेको दाबी गरेपछि नेपाली सेना र प्रहरीको संयुक्त टोलीले करिब डेढ घण्टा सर्च गरेका थिए ।
विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कुकुरसहितको सुरक्षाकर्मीको टोलीले करिब डेढ घण्टा सर्चगरेपछि सवा ११ बजेदेखि विमानस्थल फेरि सञ्चालनमा आइसकेको छ । उनले आफू आन्तरिक टर्मिनल भवनमै बसेर सबै जाँचबुझ गरिरहेको बताए ।
SHARE YOUR THOUGHTS