![](https://internal.appharu.com/wp-content/uploads/2018/08/Gold.jpg)
काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।
बुधबार स्थिर रही छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार १४ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९८ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएकोमा बिहीबार १५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS