![](https://internal.appharu.com/wp-content/uploads/2022/05/nagesh-e1652454716387.jpg)
काठमाडौं । बिराटनगर महानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका नागेश कोइराला अगाडि देखिएका छन् ।
१ नम्बर प्रदेशको एकमात्र महानगरपालिका ७०० मत गन्दा नागेश कोइरालाले २६९ मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका सागर थापा १८१ मत ल्याएका छन् । जसपाबाट बागी उठेका उमेश यादवले ७० मत ल्याएका छन् ।
उपमेयरमा भने उपप्रमुखतर्फ एमालेकी शिल्पा कार्कीले २२६ र जसपाका अमरेन्द्र यादवले १५२ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS