![](https://internal.appharu.com/wp-content/uploads/2022/05/balen-768x578.jpg)
काठमाडौं । मतगणना शुरु भएदेखि नै अग्रता कायम गरिरहेका काठमाडौं महानगरका मेयरमा प्रत्यासी बालेन शाहलाई एमालेका प्रत्यासी केशव स्थापितले पछ्याइरहेका छन् ।
पछिल्लो अद्यावधिक विवरण अनुसार बालेन शाह ५५७ मत ल्याएर अग्रस्थानमा छन् भने उनलाई ५२६ मत ल्याएका स्थापितले पछ्याइरहेका छन् । बालेनले ३१ मतले मात्रै स्थापितलाई जितेका छन् ।
साथै, मेयर पदकी प्रत्यासी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ३१७ मत मात्रै प्राप्त गरेकी छन् ।
SHARE YOUR THOUGHTS