![](https://internal.appharu.com/wp-content/uploads/2017/08/narendra-modi.jpg)
काठमाडौं । भारतीय प्रधानमन्त्री बुद्ध जयन्तीको अवसरमा आज पौने ११ बजे भैरहवा विमानस्थलमा आइपुग्नेछन् ।
उनी त्यहाँबाट लुम्बिनी पुग्नेछन् भने साढे ११ बजे भूमि पूजा गर्ने कार्यक्रम छ । उनले दिउँसो परराष्ट्रमन्त्री नारायण खड्का र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम छ ।
साथै, दिउँसो साढे तीन बजे बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् भने साँझपख स्वदेश फर्कनेछन् ।
अन्तर्राष्ट्रिय उडान
बुद्ध जयन्तीको अवसरमा भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पनि हुनेछ ।
यसका लागि नेपाल एयरलाइन्स र कुवेतको जजिराले उडान शुरु गर्नेछन् ।
कुवेतको जजिराले आइतबार, मंगलबार र बिहीबार कुवेत इन्टरनेशनल एयरपोर्टबाट भैरहवाका लागि उडान गर्नेछ । साथै, बुधबार, शुक्रबार र सोमबार भैरहवाबाट कुवेतका लागि उडान हुनेछ ।
SHARE YOUR THOUGHTS