मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूल्य बढेपछि सरकारले ग्याँसको प्रयोग घटाउने, खपत बढाउन विद्युत महशुल घटाउने


काठमाडौं । सरकारले खाना पकाउनका लागि विद्युतको खपत बढाउन विद्युतaको महसुलमा पुनरावलोकन गर्ने भएको छ ।

खाना पकाउने ग्याँसको खपत घटाउने नीतिअनुसार विद्युतको महसुल घटाउने बताएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।

पछिल्लो समय नेपाल आयाल निगमले समेत विद्युतीय सामग्रीको प्रयोग बढाउन आग्रह गरेको छ ।

हाल खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८०० रुपैयाँ बनाएको छ । यति हुँदा पनि निगमलाई प्रतिसिलिण्डर करिब ९०० रुपैयाँ घाटा छ ।