![](https://internal.appharu.com/wp-content/uploads/2022/05/IMG-3864-768x576.jpg)
काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंमा हुने प्रतियोगिता १० ओभरमा खेलाइने बैंकले जनाएको छ ।
बैंकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने टिमको विभाजन तथा जर्सी वितरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगितामा सहभागी हुने टिमका क्याप्टेनलाई जर्सी हस्तान्तरण गरे ।
सीइओ देवकोटाले बैंकले खेलकुदलाई प्रवद्र्धन गर्न तथा बैंक तथा कर्पोरेट क्षेत्रमा खेलकुदको महत्व बढाउनको लागि प्रतियोगिता आयोजना गरेको जानकारी दिए । प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका १६ टिम सहभागी हुने छन् ।
SHARE YOUR THOUGHTS