![](https://internal.appharu.com/wp-content/uploads/2017/03/Nepali-passport.jpg)
काठमाडौं । राहदानी विभाग विदाको दिन (आइतबार) पनि खुल्ने भएको छ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सरकारले दुई दिन विदाको व्यवस्थाले विभागमा उल्लेखनीय चाप बढेकाले सार्वजनिक विदाको दिनसमेत सेवा प्रवाह गर्ने विभागले जनाएको छ ।
‘विभागले विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम रहेकाले सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकाले सार्वजनिक विदाको दिनसेमत राहदानी सेवा प्रदान गर्नेछ,’ जारी सूचनामा उल्लेख छ ।
विभागका अनुसार सेवाग्राहीहरूलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि ४ बजेसम्म विभाग खुल्नेछ । साथै, राहदानीको लागि आवेदन लिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्न सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ ।
SHARE YOUR THOUGHTS