![](https://internal.appharu.com/wp-content/uploads/2021/03/KP-Sharma-Oli.jpg)
काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले चितवनमा पैसा बाढेर निर्वाचन जितेको आरोप लगाएका छन् ।
‘चुनावको सन्दर्भमा नेताजीहरुले यदि फलानालाई भोट नदिने हो भने देशमा दुर्घटना हुन्छ । यहाँका बासिन्दाले यदी स्वेच्छाले खुरुक्क फलानो ठाउँमा भोट हाल्दैनन् भने देश दुर्घटनामा जान्छ । यदि खुरुक्क हाल्छन् भने म उत्साहित हुन्छु, गठबन्धन कायम रहन्छ भन्ने धम्कीको भाषा सुनियो,’ प्रतिनिधीसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीले, ‘जनतालाई धम्काउने ? तर्साउने ? देशलाई दुर्घटनामा पुर्याउने ? मान्छेले द्वन्दकाल सम्झिए । छोराछोरी विदेशीनु परेको सम्झिए । आतंक छाएको सम्झिए । भाषणका शब्द जसरी वाणको रुपमा निस्किदै गए, जनता थरथर काम्ने स्थिति बन्यो ।’
चितवनको नारायणघाटमा आयोजित चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा गणबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी नभए देश दुर्घटनामा जाने बताएका थिए ।
प्रचण्डले चितवनमा त्यसरी गरेका भाषणलाई जनता धम्काएर निर्वाचन जितेको आरोप लगाएका हुन् ।
‘मान्छे मारिएको, अंगभंग भएको, अपहरण भएको, त्यहीँ चितवनमा बोरामा हालेर घिसारेर मान्छेको हत्या गरेको जस्तो कुराहरु मान्छेले झलझली सम्झिए,’ ओलीले भने, ‘दुर्घटना हुन्छ भनेपछि फेरी एकपटक मानिसहरु भयआतुर भए ।’
प्रतिनिधिसभाको बैठकमा ओलीले लोभ प्रलोभन देखाएर पैसा बाँढेर निर्वाचन प्रभावित पारिएको छ ,
‘प्रलोभन बाढीँयो, पैसा बाढीयो’ ओलीले भने, ‘मैले भन्नु पर्दैन, प्रलोभन, त्रास धम्की कतिपय ठाउँमा रुखमा भोट नहाल्नेलाई पैसा नदिनेसम्म भनियो ।’
SHARE YOUR THOUGHTS