![](https://internal.appharu.com/wp-content/uploads/2022/05/IMG20220525103220-768x578.jpg)
काठमाडौैं । बैंक नेपाल बैंकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एकैदिन चार वटा शाखा स्थापना गरेको छ । उक्त शाखा स्थापना गरेर कारोबार समेत सुरु गरेको छ ।
बैंकले टोखा नगरपालिका–६ टोखा रोडस्थित ग्रिनल्याण्ड, नार्गाजुन नगरपालिका–१ स्थित रानिवन चोक, काठमाडौं महानगरपालिका–१३ को रिङ्गरोडस्थित सितापाईला चोक र काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरमा शाखा खोलेको छ । यो सँगै बैंकको शाखा संख्या २१७ पुगेको छ ।
सञ्चालनमा आएका नयाँ शाखाहरुमध्ये ग्रिनल्याण्ड शाखाको सरकारका सचिव एवं नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले र टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले संयुक्त रुपमा समुद्घाटन गरेका छन् ।
अन्य तिन शाखाहरुमा सफ्ट लञ्च सहित कारोवार सुरुवात गरिएको छ । ग्रीनल्याण्ड शाखाको समुद्घाटन समारोहमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रिनल्याण्डमा नेपाल बैंकको शाखा स्थापनाले नगरवासीलाई वित्तीय कारोवार गर्न अझ सहज बनाउने बताए ।
कार्यक्रमका अर्यालले ग्रिनल्याण्ड शाखाले आसपासका जनतालाई बैंकिङ्ग कारोवार गर्न सहज तुल्याउने विश्वास ब्यक्त गरे । आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गैरहेको बताए ।
SHARE YOUR THOUGHTS