राष्ट्र बैंक सञ्चालक समितिका सदस्यद्वय सिवाकोटी र डा. आचार्यद्वारा शपथ ग्रहण « Eglish Khabarhub

राष्ट्र बैंक सञ्चालक समितिका सदस्यद्वय सिवाकोटी र डा. आचार्यद्वारा शपथ ग्रहण



काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायम मुकायम प्रधानन्यायाधीश कार्कीले दुवै जनालाई शथप ग्रहण गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद्को जेठ ६ को निर्णयअनुसार सिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त भएका िथए । सिवाकोटी बैंकका पूर्व डेपुटी गभर्नर र आचार्य पूर्व कार्यकारी निर्देशक हुन् ।

सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

ऐनको दफा १७ मा आर्थिक, मौद्रिक, बैंकिब, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रिपरिषद्ले बैंकको सञ्चालकमा नियुक्त गर्ने प्रावधान छ । सञ्चालकको कार्यकाल पाँच वर्ष हुने व्यवस्था रहेको छ ।

Publish on: