![](https://internal.appharu.com/wp-content/uploads/2022/05/A0D2566E-E66C-4B60-952E-8A7BF9CDAE35-768x484.jpeg)
काठमाडौं । भारतका पूर्व रेल तथा उर्जामन्त्री सुरेश प्रभुले काठमाडौं- दिल्ली रेल सञ्चालन गरेन सकिने बताएका छन् ।
नेपाल-भारत चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज (निक्की)का साधारणसभामा विशेष अतिथीका रुपमा बोल्दै उनले नेपाल र भारतबीचको रेल सेवालाई बिस्तार गरी दुई देशका राजधानीसम्म जोड्न सकिने बताए ।
उनले यसले व्यापारमा पनि सहज हुने बताए ।
उनले भारत ‘बिग ब्रदर’ भन्दा पनि ‘ट्विन ब्रदर’ भएको बताए ।
उनले नेपाल विदेशी लगानीका लागि सुरक्षित गन्तव्य भएको भन्दै लगानी बढाउन समेत आग्रह गरे ।
प्रभुले नेपालले मेडिकल टुरिजममार्फत् विदेशी पर्यटक आकर्षित गर्न सक्ने बताए ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/05/C33E9078-5BF9-4728-A47F-337714AD2702-768x576.jpeg)
‘नेपालको अर्थतन्त्रमा रेमिटान्स महत्वपूर्ण छ, तर त्यसबाहेक विदेशी मुद्रा आर्जनका लागि मेडिकल टुरिजम राम्रो विकल्प हुन सक्छ,’ उनले भने ।
उनले विदेशी पर्यटक आकर्षित गर्नका लागि नेपालले मेडिकल टुरिजममा धेरै काम गर्न सक्ने बताए ।
उनले नेपालले जलविद्युतको विकासमार्फत् पनि अर्थतन्त्र बलियो बनाउन सक्ने बताए । उनले सिपयुक्त जनशक्ती भएमा रेमिट्यान्स बढाउन सकिने बताए ।
‘विश्वमा रेमिट्यान्स धेरै ल्याउने देशमा भारत पनि पर्छ, भारतले ८० अर्ब डलर प्राप्त गर्छ र नेपालले पनि सिपयुक्त जनशक्ति पठाउन सकेमा रेमिट्यान्स बढाउन सकिन्छ,’ उनले भने ।
SHARE YOUR THOUGHTS