![](https://internal.appharu.com/wp-content/uploads/2019/10/ramkumari-jhakri-clickmandu-1.jpg)
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर उठाउने काम शहरी मन्त्रालयको नभएको बताएकी छिन् । शहरी विकास मन्त्रालयले आयोजना गरेको शहरी विकाससँग सम्बन्धी समसामयिक विषयमा सञ्चारकर्मीहरूको लागि अभिमुखीकरण तथा अन्तरक्रियामा बोल्दै यस्तो बताएकी हुन् ।
मन्त्री झाँक्रीले चुनावका कारण वैशाख ११ गतेबाट फोहोर उठ्न छोडेको बताउँदै अहिले विभिन्न क्षेत्रमा फोहोर थुप्रिएको छ । उक्त फोहोर नउठेको भन्दै मलाई सामाजिक सञ्जालमा ह्यासट्याग मेन्सन गरेको पाए । त्यसैले शहरी मन्त्रालयको क्षेत्रधिकार थाहा हुनुपर्ने बताइन् ।
ुशहरी विकास मन्त्रालयको काम फोहोरमैला उठाउने काम होइन,’ मन्त्रीले भनिन्, ‘तर, मन्त्रालयको जिम्मेवार होइन भनेर फोहोर नउठाउने भन्ने कुरा भएन । त्यसैले, आफ्नो मात्र दायित्व निभाएको हो ।’
फोहोर उठाउने काम महानगरपालिका र पालिकाहरूको हो ।तर, त्यसमा शहरी विकास मन्त्रालयको पनि सहकार्य आवश्यक छ। मन्त्रालयको छलफलबाट अहिले फोहोर फाल्न शुरू गरेको छ । त्यसमा पनि स्थानीयवासीको केही माग छ ।उक्त माग पनि सम्बोधन हुने मन्त्रीले प्रतिबद्धता जनाए।
‘काठमाडौंको फोहोर उठ्न ५ दिन लाग्छ भन्ने मन्त्रालयले अनुमान गरेको थियो । तर, काठमाडौंमा यति धेरै फोहोर जम्मा भएछ की दैनिक १५० गाडीले फोहोर उठाउँदा पनि सहजै उठ्न सकेको छैन,’ उनले भनिन् ।
बन्जारे डाँडामा काठमाडौंबाहेक अन्य ११ पालिकाबाट पनि गएको पाइएको बताउँदै फोहोर व्यवस्थापनका लागि सो पलिका पनि जिम्मेवार हुनुपर्ने बताइन् ।
मन्त्रीकाअनुसार नीति तथा कानुनको अभाव हुँदा सबै पालिका जिम्मेवार हुन नसकेको हो ।
त्यसैगरी, काठमाडौं महानगरपालिकाको कर्मचारीले नै फोहोर फाल्ने ठाउँमा १०० रोपनी जग्गा किनेर स्थानीयलाई वितरण गरी उचालेको पाइएको र यसमा पनि सबैले हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ।
SHARE YOUR THOUGHTS