
काठमाडौं । चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन (जिडिपी) को २१.९ प्रतिशत राजस्व संकलन हुने भएको छ ।
गत वर्ष जिडिपीको २०.४ प्रतिशत राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा सरकारले १० खर्ब ६७ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । गत आवमा ६ खर्ब ५ करोड राजस्व संकलन भएको थियो ।
चालु आर्थिक वर्षमा जिडिपी ७.८ प्रतिशतले बढेर ४८ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष कुल ग्राह्स्थ उत्पदान ४२ खर्ब ७७ रुपैयाँ थियो । चालु आर्थिक वर्षको जिडिपीमा कर राजस्वको योगदान २०.४ प्रतिशत र गैरकर राजस्वको योगदान १.५ प्रतिशत छ ।
SHARE YOUR THOUGHTS