२ लाख सुचिकृत बेरोजगारलाई रोजगार उपलब्ध गराउने « Eglish Khabarhub

२ लाख सुचिकृत बेरोजगारलाई रोजगार उपलब्ध गराउने



काठमाडौं । सरकार प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचालाई परिवर्तन गर्दै २ लाख सुचिकृत बेरोजगारलाई रोजगार उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मन्त्रालयको लागि ७ अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरेको बताए ।

पाँच लाख विपन्न नागरिकलाई विभिन्न आयोजनामा संलग्न गराउने सरकारले विपन्न नागरिकलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले कम्तिमा पाँच लाख बिपन्न नागरिकलाई आपसी प्रतिस्पर्धाका आधारमा दश करोड रुपैयाँसम्मको आयोजनामा संलग्न गराई रोजगारी दिने घोषणा गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन ।

Publish on: