होटलमा प्लास्टिक प्रयोग गर्न नपाइनेः होटल संघ « Eglish Khabarhub

होटलमा प्लास्टिक प्रयोग गर्न नपाइनेः होटल संघ



काठमाडौं । होटल संघ नेपाल (हान)ले होटलमा प्लास्टिकको प्रयोग नगर्ने बताएको छ ।

हानले सदस्य होटलका कोठामा कमभन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्रीहरु प्रयोग नहोस् भन्ने अभियान घोषणा गरिएको बताएको छ ।

होटलका कोठाहरुमा दैनिकरुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न ‘क्यान्पेन टु इलिमिनेट सिंगल युज प्लास्टिक फ्रम होटल रुमस्’ अभियान अन्तर्गत होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताएको छ ।

एकपटक मात्रै प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिक जुन एकपटक मात्र प्रयोग गरिन्छ त्यस्ता प्लास्टिकका झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतलहरू र प्याकेजिङ जस्ता वस्तुको प्रयोगमा निषेध गरिएको छ ।

हरेक वर्ष करिब ३ सय मिलियन टन प्लास्टिक उत्पादन हुने र यसको आधा हिस्सा मात्रै डिस्पोज हुने हानको भनाइ छ ।

‘अहिले विभिन्न बुकिङ माध्यम जस्तै बुकिङ डट कमले प्रकाशित गरेको रिपोर्टमा ६८ प्रतिशत पाहुनाहरु पर्यावरणमैत्री होटलहरु पर्यटकले रुचाउने गरेको देखिन्छ भने जन्डै विश्वव्यापी रुपमा ८७ प्रतिशत पर्यटकहरु दिगो यात्राका लागि तयार रहेको देखिन्छ,’ हानले भनेको छ ।

Publish on: