![](https://internal.appharu.com/wp-content/uploads/2022/05/nepal-bank--768x512.jpg)
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तार बृद्घिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार बृद्घिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ ।
गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले बृद्घि भएको देखिन्छ भने कर्जा विस्तार ३२.०५ प्रतिशतले बृद्घि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्य २१ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि भएको छ भने ६ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ ।
बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर ७.३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्घि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४९ प्रतिशतको बृद्घि भएको देखिन्छ ।
नेपाल अधिराज्यभर २१७ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ ।
SHARE YOUR THOUGHTS