![](https://internal.appharu.com/wp-content/uploads/2022/06/VISA-Direct-Services-709x768.jpg)
काठमाडौं । कुमारी बैंकले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा ग्राहकका लागि विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट, क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्तगर्न सक्ने सुविधा ल्याएको छ ।
विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल÷ईन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनी मार्फत कुमारी बैंकको डेबिट,क्रेडिट एवं प्रिपेड भिषा कार्डमा रकम सहजै पठाउन सक्ने बैंकले जनाएको छ ।
विदेशबाट भिसा डाईरेक्ट मार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने भरपर्दो र सहज माध्यम भएको बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले बताए ।
१९७ शाखा सञ्जाल, १८६ एटिएम, ४४ शाखारहित बैंकिङ्ग इकाई तथा १६ एक्सटेन्सन काउन्टर मार्फत बैंकले सेवा प्रवाह गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS