प्रदेश १ मा यी ४ कारणले बढ्यो निक्षेप परिचालन « Eglish Khabarhub

प्रदेश १ मा यी ४ कारणले बढ्यो निक्षेप परिचालन



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न ४ कारणले निक्षेप परिचालन १.४ प्रतिशतले बढेको छ ।

राष्ट्र बैकले गरेको अध्ययन अनुसार सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि र बैकिङ्ग सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेका हो ।

२०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा प्रदेश १ मा रहेका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १.४ प्रतिशतले बढेको छ । निक्षेप परिचालन १.४ प्रतिशतले बढेर ३ खर्ब ५१ अर्ब पुगेको छ । २०७८ पुस मसान्तमा वार्षिक विन्दुगत आधारमा कुल निक्षेपको वृद्धिदर १२.३ प्रतिशत रहेको थियो ।

२०७७ पुस मसान्तको तुलनामा २०७८ पुस मसान्तमा उक्त प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३०.१ प्रतिशतले वृद्धि भई ५ खर्ब ४२ अर्ब पुगेको छ । २०७८ पुस मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा ९.६ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २६.५ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६४.० प्रतिशत रहेको छ ।

२०७८ असार मसान्तमा कृषि कर्जाको हिस्सा ९.८ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा ३०.६ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ५९.७ प्रतिशत रहेको थियो ।

२०७८ पुस मसान्तमा यस प्रदेशमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) १५५.२ प्रतिशत रहेको छ । कोभिड १९ का कारण प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले घोषणा गरेको विभिन्न छुट तथा सुविधा, मौद्रिक नीतिले प्रदान गरेकोसुविधा, सहुलियतपूर्ण कर्जा, पुनरकर्जा सुविधा, सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि, पूर्वाधारको विकास तथा विस्तार जस्ता कारणले लगानीका लागि वातावरण अनुकूल बन्दै गएकाले कर्जाको माग तथा प्रवाह बढेको देखिएको छ ।

Publish on: