काठमाडौं । देशभरका मालपोत कार्यलय तथा भूमिसुधार कार्यलयबाट राजस्व हिनामिना तथा नियम विपरित छुटैछुट दिएको छ । महालेखापरिक्षक कार्यालयले सार्वजनिक गरेको ५९औं प्रतिवेदनअनुसार देशभरका विभिन्न मालपोत कार्यलयबाट राजस्व हिनामिना र नियम पिरित छुट दिएको जनाएको हो ।
प्रतिवेदअनुसार देशभरको विभिन्न मालपोत कार्यालयबाट भएको कारोबार नियम विपरित भएकाले हिनामिना भएको राजस्व र छुन दिएको १ अर्ब १० करोड बढी रकम असुल गर्नुपर्ने जनाएको छ ।
आव २०७७÷७८ मा भूमिसुधार तथा मालपोत कार्यालयबाट रजिष्ट्रेसन शुल्क तथा पुँजीकर लाभकरमा कानुन विपरित छुट दिएकाले छानबिन गरी असुल गर्न महालेखापरीक्षक कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बाराका एक कर्मचारीले असुल गरेको रजिष्ट्रेसन दस्तुर, सेवा शुल्क र पुँजीगत लाभकरसमेतको नगद राजस्व ७७ लाख ७८ हजार सम्बन्धीत राजस्व खातामा दाखिला नगरेको उल्लेख छ ।
सोही कर्मचारी मालपोत कार्यालय, सिमरा, बारामा निमित्त कार्यालय प्रमुख भई कार्यरत रहँदा कार्यालयले असुल गरेको रजिष्ट्रेशन दस्ुतर, सेवा शुल्क तथा पुँजीगत लाभकरमध्ये ४ करोड ५१ लाख ४० हजार सम्बन्धित राजस्व खातामा दाखिला गरेको छैन ।
राजस्व रकम दाखिला नगरी हिनामिना गर्ने कर्मचारबाट दाखिला बाँकी राजस्व र सोमा लाग्ने जरिबानासमेत असूल गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने महालेखालेखापरीक्षक कार्यालयले जनाएको दिएको छ ।
महालेखापरीक्षकले मालपोत कार्यालय धनकुटामा कार्यरत कर्मचारीले नगदी रसिदबाट असुल गरेको राजस्वमध्ये ६७ लाख ७९ हजार दाखिला नगरेको भन्दै छानबिन गर्न लेखी पठाई असुल गरेको थियो । तर, उक्त असर गरेरमात्रै उन्मुक्ति दिन नदिई कानुनअनुसार थप कारबाही गर्नुपर्ने जनाएको छ ।
भद्रपुरको एक व्यक्तिले २५३.९३ वर्गमिटर क्षेक्रपल भएका जग्गा २१ लाखमा खरिद गरेकोमा रजिष्ट्रेशसन नम्बरबाट आफैं सञ्चालक रहेको निजी अस्पताललाई ३ करोड ४० लाख थैली अङ्क कायम गरी निःसर्ग गरेको थियो ।
एक दिनको फरकमा ३ करोड १९ लाख फरक थैली कायम गरी जग्गाको खरिद बिक्री कारोबार गर्ने कार्य प्रचलित बजार व्यवहार अनुरुप भएको नदेखिएकाले सो सम्बन्धमा छानबिन गर्नुपर्ने उल्लेख गरेको छ । एक दिनको फरकमा घटी थैली कायम भएको कारणले रजिष्ट्रेसन दस्तुर १२ लाख ७६ हजार असुल गरी २१ लाखमा खरिद गरेको जग्गा ३ करोड ४० लाखमा निःसर्गकर्ता आफैं सञ्चालक रहेको संस्थालाई बिक्री गर्दा छुट भएको करलगायतका विषयमा थप छानबिन गरी असुल गर्न महालेखापरीक्षक कार्यालयले जनाएको छ । जसमा उक्त जग्गा खरिद दृष्टिबन्धक गर्दा मूल्यभन्दा २२ गुणा बढी थैली अङ्क कायम गर्दा घटी राजस्व देखिएको उल्लेख छ ।
भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर लिखतअनुसार एक निजी बाल अस्पतालले ८ करोड ७ लाख ११ हजारमा खरिद गरेको १ हजार ७ सय वर्गमिटर क्षेत्रफल भएको चार कित्ता जग्गा खरिद मूल्यलाई नै हालको थैली कायम गरी एक निजी कम्पनीलाई बिक्री गरेको छ । निजी कम्पनीले उक्त जग्गा सोही दिन एक वाणिज्य बैंकमा ६७ करोड ८० लाखमा धितो राखी ऋण लिन सबै कार्यालयबाट दृष्टिन्धक लिखत पास गरेको छ ।
दुबै कम्पनीको सञ्चालक एकै व्यक्ति रहेका र खरिद मूल्य तथा धितो अङ्कबीच ५९ करोड ७२ लाख ८९ हजार फरक परेकोले दुई कम्पनीबीचको कारोबार सामान्य बजार व्यवहारअनुसार पनि नदेखिएकाले छानबिन गरी छुट भएको राजस्व यकिन गरी असुल गर्नुपर्नेछ ।
कलैयाको लिखतअनुसार सवारीसाधनको कारोबार गर्ने एक निजी कम्पनीले १ बिघा १८ रोपनी ७ आना भएको ६ कित्ता जग्गामा १३ करोड ७६ लाख ५० हजारमा खरिद गरकोमा भोलिपल्टै एक वाणिज्य बैंकमा ३४ करोडमा धितो बन्धक राखि ऋण लिएको छ । सो जग्गाको मूल्य एक दिनको फरकमा रजिष्ट्रेसन लिखत र दृष्टिन्धक लिखतमा २१ करोड २३ लाख ५० हजार फरक परेकाले वास्तविक बजार मूल्यअनुसार कारोबार भएको देखिएन । उक्त जग्गाको कारोबार सम्बन्धमा छानबिन गरी छुट भएको राजस्व यकिन गरी असुल गनुपर्ने महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले जनाएको छ ।
विराटनगरअन्तर्गत एक निजी कम्पनीको नाममा १२ कित्ता जग्गा आफ्नै सञ्चालकहरूलाई १ करोड ९३ लाख ३ हजारमा राजीनामा पास गरी निःसर्ग गरेकोमा सञ्चालकहरुले सोही दिनमा राजिनामा पास गरी कृषि सम्बन्धी अर्को दुई फर्मलाई ५ करोड १५ लाख ३९ हजारमा बिक्री गरेका छन् । निःसर्गकर्ता कम्पनीले फरक परेको थैली ३ करोड २२ लाख ३६ हजारमा घटी हुन गएको २० प्रतिशत कर ६४ लाख ४७ हजार सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा आय विवरण पेस गर्न लगाई असुल गर्न अनुरोध गरेको छ ।
भरतपुरमा पनि कृषि सम्बन्धी एक कम्पनीले १० हजार ५१३ वर्गमिटर जग्गा ६ जनाको नाममा संयुक्त दर्ता रहो गरी १ करोड ७९ लाख ९० हजारमा राजिनामा पारित गरेकोमा उल्लेखित ६ जनाले सो जग्गा रजिष्ट्रेसन नम्बरमा आफ्नै परिवारका सदस्य सञ्चालक रहेको पोलिस्याक उत्पादन गर्ने कम्पनीलाई १० करोड ७८ लाख २१ हजारमा बिक्री गरेको छ ।
निःसर्गकर्ता कम्पनीले २५ प्रतिशत करबाट उन्मुत्तिः पाउन बीचमा कम थैलीको कारोबार खडा गरी ५ प्रतिशत पुँजीगत लाभकरमात्र तिरेको देखिएकोले दुई कारोबारबीचको फरक रकम ८ करोड ९८ लाख ३१ हजारमा २० प्रतिशतले हुने आयकर १ करोड ७९ लाख ६६ हजार असुल गर्नुपर्दछ ।
डिल्लिबजार मालपोत कार्यालयबाट निजी कम्पनीको रुपमा दर्ता एक कलेजले काठमाडौं महानगरपालिका-३ को ६७६.२० वर्गमिटर जग्गा र सोमा निर्मित घरमा आफ्नै एकल हिस्सेदारलाई ८ करोडमा बिक्री गरी १ं५ प्रतिशत अग्रिम कर दाखिला गरेको छ । खरिदकर्ताले सोही घरजग्गा एक व्यक्तिलाई १३ करोडमा बिक्री गरी खर्च कट्टीपछिको लाभमा ५ प्रतिशत पुँजीगत लाभकर दाखिला गरेको छ ।
कलेजले संस्थागत लाभमा लाग्ने २५ प्रतिशत आयकरलाई कम गर्न सम्बद्ध व्यक्तिलाई न्यून थैलीमा बिक्री गरी कर नियोजन गरेकोले थप छानबिन गरी न्यून थैली अङ्क ५ करोडमा छुटेको २० प्रतिशत आयकर १ करोड रुपैयाँ र शुल्कसमेत हिसाव गरेर कर निर्धारण गरी असुल गर्नुपर्ने जनाएको छ ।
साथै, कलैयाको मालपोत कार्यालयबाट कर नियोजनाअन्तर्गत घरजग्गा कारोबारको मुनाफा २ करोड ५२ लाख ७८ हजार र दोस्रो कारोबारको मुनाफा ७ करोड ५७ लाख ७३ हजार सुमेत गरी १० करोड १० लाख ५१ हजारमा २० प्रतिशतले हुने आयकर २ करोड २ लाख १० हजार असुल गर्नुपर्ने उल्लेख छ ।
मालपोत कार्यालय, ललितपुर, चाबहिल र भैरहवा मालपोत कार्यालयबाट पुँजीगत लाभकरवापत५ प्रतिशतका दरले पुँजीगत लाभर असुल गर्नुपर्नेमा २.५ प्रतिशतका दरले मात्र असुल गरेकोले निःसर्ग रकम ७५ करोड २२ लाख ४७ हजारमा २ करोड १५ लाख पुँजीगत लाभकर घटी असुल गरेका छन् ।
साथै, सिमराले पनि ३ करोड २६ लाख ६० हजार मूल्यको जग्गा निःसर्ग गरेकामा १५ लाख ८५ हजार पुँजीगत लाभकर असुल गरेका छैन ।
भमिसुधार तथा मालपोत कार्यालयहरू कलैया, पर्सा, ललितपुर, डिल्लीबजार तथा काभ्रेपलाञ्चोकले घटी थैली राखी लित पारित गर्दा रजिष्ट्रेसन दस्तुर ३ करोड ७ लाख ३३ हजार र पुँजीगत लाभकर २ करोड ९० लाख ८९ हजारसमेत ५ करोड ९८ लाख २२ हजार घटी असुल गरेका छन् ।
मालपोत कार्यालय ललितपुर, चाबहिल र कलंकीका निःसर्गकर्ताले एउटा मुल कित्ताबाट कित्ताकाट भई निःसर्ग गरेको जग्गा लिखत पारित गर्दा क्षेत्रफलको अनुपातमा समान थैली नराखी २७ करोड २६ लाख १५ हजार घटी थैली कायम गरी जग्गा निःसर्ग गरेकाले रजिष्ट्रेसन दस्तुर १ करोड ३२ लाख ९९ हजार र पुँजीगत लाभकर १ करोड ३२ लाख ९८ हजारसमेत २ करोड ६५ लाख ९७ हजार घटी राजस्व असुल गरेका छन् ।
त्यस्तै, घरबाटो सिफारिस अन्तर्गत ललितपुर, गरुडा र मौलापुरका मालपोत कार्यालयबाट थैली रकम घटी कायम भएकाले २ करोड ८० लाख ९२ हजार राजस्व छुट भएकाले असुल गर्नु बाँकी रहेको छ ।
साथै, सिमराबाट पनि रजिष्ट्रेसन र पुँजीगत लाभकरवापत ६३ लाख ५५ हजार असुल गर्न निर्देशन दिएको छ ।
जोडिएको कित्ताको मूल्यअन्तर्गत डिल्लीबजार, ललितपुर, चाबहिल, कलंकी र भैरहवाका २० निःसर्गकर्ताबाट रजिष्ट्रेशन दस्तुर ३ करोड ८ लाख ५८ हजार र पुँजीगत लाभकर २ करोड ६० लाख ८२ हजारसमेत ५ करोड ६९ लाख ३० हजार छुट भएको छ ।
मधेस प्रदेश र लुम्बिनी प्रदेशको आर्थिक ऐनअनुसार, २०७७ मा विभिन्न खेती एवं उद्योगको नाममा खरिद गर्ने जग्गाको लिखतमा लाग्ने रजिष्ट्रेसन शुल्कमा सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा ७५ प्रतिशत छुट दिने तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाइएमा छुट दिएको रजिष्ट्रेसन शुल्क असूल रकक बराबर जरिबाना गर्नुपर्ने उल्लेख छ । जसमा सो वर्ष पश्चिम नगरपरासीले १३ लाख ४७ हजार र कलैयाबाट ३० लाख १७ हजार असूल नभएको जनाएको छ ।
साथै, विराटनगरले १ करोड ६ लाख ४० हजारमा आयकर ऐन, २०५८ बमोजिम २५ प्रतिशत कर २६ लाख ६० हजार छुट भएको छ । उक्त कारोबारको विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पेश गरी छुट भएको असूल गर्न निर्देशन दिएको छ । जसमा महालेखापरिक्षकले नियम विपरित छुट दिएको र दाखिला नभएको रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।
SHARE YOUR THOUGHTS