![](https://internal.appharu.com/wp-content/uploads/2018/08/Gold.jpg)
काठमाडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएकोमा बुधबार २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएकोमा बुधबार ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS