
काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणको बेलामा करका दर परिवर्तन गर्दा आफू संलग्न नभएको अर्थमन्त्रालय राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बरालले बताएका छन् ।
बजेट निर्माणको समयमा अनाधिकृत व्यक्ति संलग्न रहेको भन्ने विषयमा अर्थमन्त्री जनार्दन शर्मामाथि गरेको छानविन समितको प्रतवेदनमा राजस्वका दर निर्धारण गर्ने काम बजेट संसदमा पेश हुने अघिल्लो रात गर्ने प्रचलन रहेको भन्दै आफू उक्त रातमा उपस्थित नभएको बताएका छन् ।
‘मलाई माननीय मन्त्रीज्यूले बजेट वक्तव्य मस्यौदा समितिको संयोजकको जिम्मा दिनुभएकाले म त्यही काममा संलग्न थिएँ,’ उनले समितिमा भनेका छन्, ‘करको दर निर्धारण गर्ने टिममा म थिइँन । मैले जानेबुझेसम्म मन्त्रीज्यू, दवै सचिवज्यू र दुई विभागका डीजी हुनुहुन्थ्यो । म त्यहीँ नभएकाले अनाधिकृत व्यक्तिको बारेमा यकिन त भन्न सक्दिनँ तर आफ्नो आँखाले कोही अनाधिकृत व्यक्ति देखिनँ ।’
विद्युतीय गाडी र फलामका सम्बन्धमा दर निर्धारण सम्बन्धी कुनै पनि छलफलमा पनि आफू सहभागी नभएको जवाफ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्