![](https://internal.appharu.com/wp-content/uploads/2022/05/janardan-sharma-1-1-768x375.jpg)
काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा शर्मालाई नियुक्त गरेकी हुन् ।
शर्माले आजै सपथ लिनेछन् ।
चालु आवको बजेटमा करका दर हेरफेर गरेको आरोपमा शर्मामाथि संसदीय छानबिन विशेष समिति गठन भएपछि शर्माले अर्थमन्त्रीबाट २५ दिन अघि राजीनामा दिएका थिए ।
तर १७ दिनसम्म छानबिन गरेको समितिले अर्थमन्त्रीका रुपमा शर्मा पुष्टि हुने कुनै आधार नभएपछि माओवादी केन्द्रले शर्मालाई नै फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया