लघुवित्तले प्राथमिक पुँजीको शत प्रतिशत ऋणपत्र जारी गर्न पाउने « Eglish Khabarhub

लघुवित्तले प्राथमिक पुँजीको शत प्रतिशत ऋणपत्र जारी गर्न पाउने



काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले शत प्रतिशत ऋणपत्र जारी गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशनलाई संशोधन गर्दै सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई प्राथमिक पुँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरिदिएको हो ।

यसअघि सञ्चित नोक्सानी बाँकी नरहेका थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले मात्रै चुक्ता पुँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो ।

राष्ट्र बैंकको संशोधित निर्देशिकाअनुसार अब भने सबै सञ्चित नोक्सानी बाँकी नरहेका लघवित्तहरूले ऋणपत्र जारी गर्न पाउने भएका हुन् ।

Publish on: