साझा रेष्टुरेन्टलाई राजस्व अनुसन्धानको मुद्दा, मुअकरमा दर्ता नभएको आरोप « Eglish Khabarhub

साझा रेष्टुरेन्टलाई राजस्व अनुसन्धानको मुद्दा, मुअकरमा दर्ता नभएको आरोप



काठमाडौं । राजस्व अनुसन्धान कार्यालय बुटवलले वार्षिक २० लाख रुपैयाँभन्दा बढी कारोबार गर्दा समेत मूल्य अभिबृद्धि करमा दर्ता नभई व्यवसाय सञ्चालन गरेको आरोपमा साझा रेष्टुरेन्टविरुद्ध मुद्दा दायर गरेको छ ।

मूल्य अभिबृद्धि कर ऐन अनुसार सेवा क्षेत्रमा वार्षिक २० लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गर्ने संस्था मूल्य अभिबृद्धि कर (मुअकर) मा दर्ता हुनु पर्नेमा साझा रेष्टुरेन्टले कानून विपरित काम गरेको भन्दै राजस्व अनुसन्धान कार्यालय बुटवलले मुद्दा दायर गरेको हो ।

राजस्व अनुसन्धान कार्यालयले साझा रेष्टुरेन्टको कागजात छानबिन गर्दा वार्षिक ४ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार गरेको भेटेको दाबी गरेको छ ।

प्रकाश यादव र विष्णु यादवले सञ्चालन गरेको साझा रेष्टुरेन्टले आफ्नो फर्मका सम्पूर्ण कारोबार अनुसारको विवरण पेश नगर्नुको साथै कानून अनुसार मूल्य अभिबृद्धि करमा दर्ता नभई कर छलि गरेकाले उच्च अदालत तुल्सीपुरको बुटवल इजलाशमा मुद्दा दायर गर्नु परेको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयले साझा रेष्टुरेन्टले ५१ लाख ४१ हजार ९०२ रुपैयाँ आयकर र ५६ लाख ९४ हजार ६२१ रुपैयाँ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड ८ लाख ३६ हजार ५२३ रुपैयाँ छलि गरेकाले असुल गर्न माग गरेको छ ।

यस्तै, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, द्दण्छद्द (पहिलो संसोधन सहित) को दफा २३(१) बमोजिम शतप्रतिशत जरिवाना तथा सोही दफा २३ को उपदफा (१)(ख) बमोजिमको हदैसम्मको कैद र उपदफा ४ बमोजिमको ब्याज समेत असूल गर्न समेत कार्यालयको माग छ ।

Publish on: