![](https://internal.appharu.com/wp-content/uploads/2022/07/Gold-768x427.png)
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ७ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएकोमा शुक्रबार पनि सोही मूल्य कायम भएको छ ।
SHARE YOUR THOUGHTS