![](https://internal.appharu.com/wp-content/uploads/2022/09/Mnenomic--768x768.jpeg)
काठमाडौँ । नेपालीहरुको चाड विजया दशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३% सम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ ।
हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन ।
साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरुले पनि यो अफरमार्फत १,२०० रुपैयाँसम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन ।
मात्र १,५०० रुपैयाँ बराबरको पोस कारोबारमा ५०० र ३,००० रुपैयाँको कारोबार मा १ हजार रुपैयाँ क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफरमार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३/३३५ सम्मको क्यास्ब्याक प्राप्त गर्न सक्ने जनाइएको छ । यो अफर असोज महिना भरि लागु हुनेछ ।
SHARE YOUR THOUGHTS