![](https://internal.appharu.com/wp-content/uploads/2022/04/satta-gathabandan-768x395.jpg)
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरु लचिलो हुनुको विकल्प नरहेको बताएका छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरुको छलफलका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल निर्णयको नजिक रहेको दाबी गरे ।
मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको बताए । उनले बैठकमा द्विपक्षीय त्रिपक्षीय र सामूहिक रुपले छलफल प्रारम्भ भएको जानकारी दिए ।
बैठकको अवस्था सकारात्मक छ, द्विपक्षीय, त्रिपक्षीय र सामूहिक रुपले छलफल प्रारम्भ भएको छ । निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल अघि बढीरहेको छ । अहिलेको आवश्यक्ता सबैले लचिलो हुनुको विकल्प छैन । तथापि दलहरुको आफ्नो आफ्नो अडान छ । ती अडानमा हामीले अलिकति सुक्ष्म ढंगले विश्लेषण गरेर अघि बढेको अवस्था छ । छलफल बाँकी नै रहन्छ । एकै सिटमा दुई, तीन पक्षले दाबी गरेको अवस्था छ । त्यसलाई समाधान गरेर एउटा मात्रै गठबन्धनको उम्मेदवार बनाउनुपर्ने छ ।’
SHARE YOUR THOUGHTS