मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो


काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएकोमा मंगलबार १ सय रुपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९३ हजार रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएकोमा मंगलबार ३५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।