![](https://internal.appharu.com/wp-content/uploads/2020/01/bhatbhatani.jpg)
काठमाडौं । भाटभटेनी सुपर स्टोरले दशैं-तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुट योजना ल्याएको छ ।
बुधबारदेखि भाटभटेनीले देशभरिकै स्टोरमा लागु हुने गरी छुट योजना सार्वजनिक गरेको हो । २३ वटा आउटलेट भएको भाटभटेनीले विभिन्न सामग्रीको खरिदमा १० देखि ३० प्रतिशतसम्म छुटको योजना ल्याएको हो ।
भाटभटेनीले चाँडपर्वको अवसरमा सार्वजनिक गरेको छुट योजनामा चिनीको मूल्य ६९ रुपैयाँ रहेको छ । भाटभटेनीले भारतीय सीमा क्षेत्र नजिकका ७ स्टोरमा ६९ रुपैयाँ किलोमा चिनी बेच्ने जनाएको छ ।
इटहरी, विराटनगर, नेपालगञ्ज, भैरहवा, धनगढी, बुटवल र हेटौंडाका स्टोरमा चिनी प्रतिकिलो ६९ रुपैयाँ कायम गरिएको भाटभटिनीले जनाएको छ ।
काठमाडौं उपत्यकामा भने चिनीको मूल्य ८४ रुपैयाँ कायम गरिएको छ । यसअघि ९४ रुपैयाँ प्रतिकिलो चिनीको मूल्य रहेको भाटभटेनीले जनाएको छ ।
भाटभटेनीले इलेक्ट्रोनिक, ग्रोसरी सामानहरुमा ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको जनाएको छ ।
SHARE YOUR THOUGHTS