![](https://internal.appharu.com/wp-content/uploads/2019/09/madhav-kumar-nepal-speaking-clickmandu.jpg)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन् ।
नगरेप नि हुन्थ्यो नि भन्नेहरुले निर्वाचनमा टिकट लिनका लागि चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको उनको भनाइ थियो ।
‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ । सबैलाई टिकट चाहिएको छ । टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल, को काबिल छैन ? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं’ काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा अध्यक्ष नेपालले भने ।
आकांक्षीहरु टिकट नपाउँदा बेहोस् हुने होकि भन्ने चिन्ता आफूलाई लागेको अध्यक्ष नेपालको भनाइ थियो ।
‘नगरे पनि हुन्थ्यो नि दाबा भन्ने पनि चर्को दाबी गरिरहेका छन् । उठेर दुई कदम हिँड्नसक्दैन बिचरा बुढो भइसक्यो । तै पनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाउँ । के होला, कस्तो गाह्रो ?’ उनले भने ।
अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन आग्रह गरे । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको भनाइ थियो ।
SHARE YOUR THOUGHTS