![](https://internal.appharu.com/wp-content/uploads/2020/03/everest-bank-limited-31697.png)
काठमाडौं । एभरेष्ट बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने जनाएको छ ।
संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याज रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ । तीन महिना वा सो भन्दा बढी अवधिका लागि यस्तो निक्षेपमा १३.५० प्रतिशत ब्याज दिने जनाएको छ । बचत तर्फ ७.१३ देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।
बैंकको साउन मसान्तसम्मको आधार दर ८.९२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १५.९२ प्रतिशत ब्याज लाग्ने छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/09/everest-bank-544x768.jpg)
SHARE YOUR THOUGHTS