विदेशबाट आउँदा के के ल्याउन पाइन्छ, के पाईंदैन ? « Eglish Khabarhub

विदेशबाट आउँदा के के ल्याउन पाइन्छ, के पाईंदैन ?


१३ आश्विन २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । दशैं शुरु भएसँगै विभिन्न पेशा र व्यवसायका लागि विदेशमा रहेका नेपाली नागरिक घर फर्किन थालेका छन् । स्वेदश फर्किंदा आफन्तलाई उपहार ल्याउने प्रचलन पनि छ ।

नेपालको भन्सार सम्बन्धी कानून थाहा नपाउँदा कयौं व्यक्तिले दुःख पाउने गर्छन् । विशेषगरी सुन र मदिरा ल्याउन मिल्ने सम्बन्धी कानूनी व्यवस्था थाहा नपाउँदा धेरै व्यक्तिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कष्ट बेहोर्नु पर्छ ।

नेपाल सरकारले २०७७ जेठ १५ गते राजपत्रमा सुचना प्रकाशित गरी विदेशबाट फर्किदा भन्सार छुट र भन्सार तिरेर ल्याउन मिल्न सामाग्रीको जानकारी दिएको छ ।

उक्त सूचना अनुसार नेपाली नागरिकले विदेशबाट फर्किंदा ५० ग्रामसम्मको सुनको गहना भन्सार नतिरेरै ल्याउन सक्छन् । ५० ग्रामभन्दा बढी सुनका गहना ल्याउँदा प्रतिदशग्राम १० हजार ५०० रुपैयाँ भन्सार महशुल बुझाउनु पर्छ ।

कुनै व्यक्तिले ६० ग्राम सुनको गहना नेपाल ल्याउँदा पहिलो ५० ग्राममा भन्सार छुट हुन्छ । त्यसपछिको १० ग्राममा १० हजार ५०० रुपैयाँ तिर्नु पर्छ ।

तर, काँचो सुन (सुनका बिस्कुट) १ ग्राम ल्याउँदा पनि भन्सार लाग्ने गर्छ । विदेशबाट फर्किंदा यात्रुले बढीमा १०० ग्रामसम्मको काँचो सुन भन्सार तिरेर ल्याउन सक्छन् । तर, १०० ग्राम भन्दा बढी सून वा सुनका गहना ल्याए जफत हुन्छ ।

१०० ग्रामसम्मको सुन ल्याउँदा पहिलो ५० ग्राममा प्रतिदश ग्राम ९ हजार ५०० रुपैयाँ भन्सार तिर्नुपर्छ । ५० ग्रामभन्दा बढी सूनमा प्रतिदश ग्राम १० हजार ५०० रुपैयाँ भन्सार तिर्नु पर्ने कानूनी व्यवस्था छ ।

सरकारले ५ सय ग्रामसम्म चाँदीको गहना र १ लाख रुपैयाँसम्मको जवाहिरात जडित सुनका वा चाँदीका गहना साथमा ल्याउँदासमेत भन्सार छुट दिएको छ ।

भन्सार विभागले प्रकाशित गरेको सूचनामा विदेशबाट १ बोटल मदिरा भन्सार छुटमा ल्याउन मिल्ने उल्लेछ । १ बोटलभन्दा बढी मदिरा ल्याए भन्सार तिरेर पनि ल्याउन पाइदैन । कुनै व्यक्तिले १ बोतलभन्दा बढी मदिरा ल्याए भन्सार अधिकृतले जफत गर्ने कानूनी व्यवस्था छ।

विदेशबाट फर्किंदा ल्याइएका विभिन्न सामानहरु यात्रुको व्यक्तिगत प्रयोगको लागि हो भन्ने भन्सार कार्यालय प्रमुखलाई लागेका औचित्य हेरी छाड्न सक्ने अधिकार कानुनले दिएको छ । तर, सुन, चाँदी र मदिरा तोकिएभन्दा बढी परिणममा ल्याए जफत हुने सरकारले प्रकाशित गरेको सूचना उल्लेख छ ।

विदेशबाट फर्किंदा ट्याबलेट वा ल्यापटप वा डेक्सटप कम्प्युटरमध्ये कुनै एउटा सामान एन थान भन्सार नतिरी ल्याउन मिल्छ । यस्तै,घडी क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक थान ल्याउँदा पनि भन्सार तिर्नु पर्दैन ।

लत्ताकपडा र घर गृहस्थीका पुराना सामान, उपचार गरी फर्केका बिरामीले ल्याएका औषधी, शारीरिकरुपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान पनि भन्सार नतिरेरै ल्याउन सकिन्छ ।

बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एउटा ल्याउँदा पनि भन्सार छुट छ । ७ किलोसम्मको खाद्य परिकार ल्याउँदा पनि भन्सार लाग्दैन् ।

भन्सार तिरेर ल्याउन मिल्ने सामान

विदेशमा रहेका नेपाली नागरिकले आफुलाई आवश्यक पर्ने केही सामानहरु भन्सार महशुल तिरेर पनि ल्याउन सक्छन् ।

तर, भन्सार तिरेर ल्याउन मिल्ने सामानको पनि सीमा तोकिएको छ ।

जस्तो, विदेशबाट फर्किंदा नेपाली नागरिकले एक थान टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पङ्खा, रेडियो ल्याउन पाउँछन् ।

यस्तै, राजस्व तिरेर पन्ध्र थानसम्म लुगाफाटा, जुत्ता, कष्मेटिक्स लगायतका सामान पनि ल्याउन सकिन्छ । घरायसी प्रयोगका उपकरण मिक्सर, जुसर, सिलाई मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता सामान भने दुई/दुई थान सम्म ल्याउन मिल्छ ।

१० किलोग्राम सम्म खाद्यान्न, व्यवसायिक पेशा डाक्टर इन्जिनियरमा रहेका यात्रुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान पनि विदेशबाट फर्किंदा ल्याउन सक्छन् ।

तर, यी सामान ल्याउँदा नियम अनुसार राजस्व भने तिर्नु पर्छ । यी सामानहरु व्यक्तिगत प्रयोजनका लागि ल्याईएका हुन भन्ने भन्सार अधिकृतलाई लागेका निर्धारित कोटाभन्दा केही बढी पनि सामान ल्याउन दिन मिल्ने व्यवस्था छ ।

विदेशमा रहेका नेपाली नागरिकले ३५० अमेरिकी डलर मूल्यसम्मका माथि उल्लेखित सामान आफन्तलाई सामान पठाउँदा भन्सार छुट दिने व्यवस्था छ ।

यस्तै, ६ महिनाभन्दा बढी विदेश बसेर फर्किएका व्यक्तिले १५ हजार रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार छुट पाउँछन् । १ वर्षभन्दा बढी अवधी विदेश बसेका व्यक्तिले भने २५ हजार रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने व्यवस्था छ । १६ वर्षभन्दा कम उमेरको यात्रुले भने ५० प्रतिशतमात्रै छुट पाउँछन् ।

विदेशमा बसेका नेपाली यात्रुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु हुलाकबाट पठाउँदा भन्सार लाग्दैन । २०० खिल्ली चुरोट र ५० खिल्ली सिगार ल्याउँदा भन्सार छुट हुने तर सो परिमाणभन्दा बढी चुरोट वा सिगार ल्याएमा बढी परिमाणमा लाग्ने भन्सार महसुलमा १०० प्रतिशत थप भन्सार महशुल लाग्ने राजपत्रमा प्रकाशित सूचना उल्लेख छ ।

भारतीय सेना वा प्रहरीमा रिटायर्ड भएर घर फर्किदा एक पटकका लागि ५० हजार रुपैयाँसम्म निजी प्रयोगको घरायसी सामान पनि भन्सार छुटमा ल्याउन मिल्छ ।

कुनै नेपाल नागरिकको विदेशमा मृत्यू भएमा निजी प्रयोगका सबै पुराना सामान ल्याउँदा भन्सार छुट हुन्छ । तर, सवारी साधान भने भन्सार छुटमा पनि ल्याउन नपाइने व्यवस्था छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार ००:००  ७ : ३८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping